Aamsanchar

बाढीबाट बच्ने यस्ता छन् उपाय

Author Image
बिहिवार, असार १६, २०७९

काठमाडौं – मनसुन सिजन सुरु भएपछि बाढीको उच्च जोखिम हुन्छ । खोलाको तटीय क्षेत्र तथा होचा भू–भागमा जुनसुकै बेला बाढीको उच्च जोखिम हुने भएकाले सरकारले यसबाट सुरक्षित रहन विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

बाढी आइहालेमा सबैलाई खबर गर्नुपर्ने र नआत्ती सुरक्षितस्थानमा जानुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

“बालबालिका, महिला, अशक्त, अपाङ्ग, सुत्केरी तथा जेष्ट नागरिकलाई प्राथमिकता दिएर सुरक्षित स्थानमा लैजानुपर्छ,” प्राधिकरण भन्छ, “स्थानीय निकाय, सुरक्षाकर्मीलाई खबर गर्नुपर्छ र थप सहयोग र उद्धारका लागि पहल गर्नुपर्छ ।”

बाढी गइसकेपछि महामारी फैलिन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । आपतकालीन आश्रयस्थलमा बस्दा महिला र पुरुषका लागि छट्टै सौचालयको व्यवस्था गर्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ ।

डेङ्गी, मलेरिया, काला जारजस्ता रोगबाट बच्न सुत्दा झुलको प्रयोग गर्न आग्रह गरेको प्राधिकरणले अनावश्यक हल्लामा विश्वास नगर्न र आधिकारिक निकायबाट आएको सूचनामा मात्रै विश्वास गर्न भनेको छ ।

“आपत पर्दा जाने सुरक्षित स्थलको पहिला नै पहिचान गर्नुपर्छ । स्थानीय तहमा विपद् पूर्व तयारी कोष खडागरी पानी, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्नुपर्छ,” प्राधिकरण भन्छ, “तालिमप्राप्त स्वयंसेवक समूह बनाउनुपर्छ ।”

नेपालमा मंगलबारबाट मनसुन थप सक्रिय भएको छ । केहीदिन यता देशका धेरै नदी तथा खोलामा जलस्तर बढेको छ । त्यसैले यसबाट बच्न सतर्क रहन  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर