Aamsanchar

सेवाग्राही ७ बजेदेखि नै लाइनमा नबस्न यातायात कार्यालयको आग्रह

Author Image
सोमवार, वैशाख १४, २०८३

काठमाडौं –  यातायात कार्यालयले सेवाग्राहीलाई बिहान ७/८ बजेदेखि नै लाइनमा नबस्न आग्रह गरेको छ। आज दिउँसो ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सामाजिक सञ्जालमा बिहान ९ बजेदेखि कार्यालय गएपनि सेवाग्राही ७ बजेदेखि नै आएर लाइन बस्‍ने गरेको बताएको हो।

‘कार्यालय बिहान ९ बजे देखि खुल्छ। तर सेवाग्राहीहरु बिहान ७, ८ बजेदेखि नै आएर कार्यालय बाहिर लाइन बस्‍ने गर्नुभएको छ’,कार्यालयले भनेको छ, ‘अहिले कार्यालयको कार्यबोझ अनुसार बिहानदेखि नै लाइन बस्‍नु पर्ने आवश्यकता छैन।’

ठूलो भर्‍याङस्थित कार्यालयले प्रत्येक दिन करिब १ बजेसम्म सबैको काम सकिएर हलुका भइसक्ने जनाएको छ। सूचनामा भनिएको छ, ‘प्रत्येक दिन करिब १ बजेसम्ममा सबैको काम सकिएर कार्यालय हलुका भइसकेको हुन्छ। सोमबारको दिनमा केही भिड हुन्छ अन्य दिनहरूमा खालि खालि नै छ। दिउँसो बैंक ४ बजेसम्म खुल्ने र कार्यालय ५ बजेसम्म खुल्ने हुनाले आफ्नो समय व्यवस्थापन गरेर भीडभाड नहुने बेला सहज सेवा लिन सक्नुहुन्छ।’

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर