

काठमाडौं – आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ। पछिल्लो समय मन्त्रिपरिषद्को बैठकपश्चात निर्णय सुनाउँदा विशेष निर्णय भने लुकाउने गरिएको छ। मन्त्रीले सामान्य निर्णयमात्र सुनाउने गरेका छन्।

Views: 39


