Aamsanchar

जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा, राडुकानु र एण्डी मरे भने दोस्रो चरणबाटै बाहिर

Author Image
बिहिवार, असार १६, २०७९

काठमाडौं – सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणको खेलमा अष्ट्रेलियाका थानासी कोकीनाकीसलाई सोझो सेटमा हराउँदै जोकोभिच तेस्रो चरणमा उक्लिएका हुन् ।

कोकीनाकीस विरुद्धको खेल जोकोभिचले ६–१, ६–४ र ६–२ को सेटमा जिते ।

जोकोभिचले अब तेस्रो चरणका सर्वियाका मियोमिर केस्मानोभिचसँग खेल्नेछन् ।

यसैगरी, क्यानाडाका क्यापर रुड दोस्रो चरणबाटै बाहिरिएका छन् । रुडलाई फ्रान्सका उगो हम्बर्टले ३–६, ६–२, ७–५ र ६–४ ले हराएका हुन् ।

यस्तै, ब्रिटश खेलाडी एण्डी मरे पनि दोस्रो चरणमै हारेका छन् । मरेलाई अमेरिकाका जोन इस्नरले ६–४, ७–६, ६–७ र ६–४ ले हराएका हुन् ।

अर्का ब्रिटिस खेलाडी इम्मा राडुकानु पनि दोस्रो चरणबाट बाहिरिइन् । राडुकानुलाई फ्रान्सकी क्यारोलिन गार्सियाले ६–३ र ६–३ को सोझो सेटमा हराइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर