Aamsanchar

आज विश्व खेलकुद पत्रकार दिवस

Author Image
शनिवार, असार १८, २०७९

विश्व खेलकुद पत्रकार दिवस हरेक वर्ष जुलाई २ मा मनाइन्छ। आजको यस दिवसलाई अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको रूपमा पनि चिनिन्छ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउन सन् १९९४ मा यो विशेष दिवस सिर्जना गरेको थियो। खेलकुद पत्रकारिता को विकास सन् १८०० को समय बाट नै सुरु भएको थियो यद्यपि त्यस समयमा खेलकुद पत्रकारिता केवल कुलीन खेलहरूमा मात्र केन्द्रित थियो र खेल घटनाहरूको सामाजिक सन्दर्भ केवल रिपोर्टिङमा बढी केन्द्रित थियो। प्रारम्भमा, रिपोर्टिङ मुख्यतया घोडा दौड र बक्सिङ जस्ता कुलीन खेलहरूमा केन्द्रित थियो र मुख्यतया उच्च वर्गमा मात्र लक्षित थियो किनभने समाचार पत्रहरू जनताको पहुँचभन्दा बाहिर थिए। क्रमशः समाचार र सञ्चारको पहुँच सर्वसाधारणमा बढ्दै जान थालेपछि सन् १९२० पछि मात्र यो पेसाले विस्तारित आकार लिन थालेको पाइन्छ ।

पहिलो विश्व खेलकुद पत्रकार दिवसको सम्झना
सन् १९९४ मा, अन्तर्राष्ट्रिय खेलकुद प्रेस सङ्घ (A.I.P.S.)ले आफ्नो ७० औँ वार्षिकोत्सवको सम्मानमा पहिलो पटक विश्व खेलकुद पत्रकार दिवस मनाएको थियो। त्यस वर्ष पेरिस, फ्रान्समाL’Association Internationale de la Presse Sportive को रूपमा स्थापना भएको अन्तर्राष्ट्रिय खेलकुद प्रेस सङ्घको मुख्यालय आजका दिनमा स्विट्जरल्याण्डको लुसनमा छ जुन ठाउँलाई विश्वमा ओलम्पिक राजधानी भनेर पनि चिनिन्छ ।

नेपालमा पनि त्रिपुरेश्वर काठमाडौँमा कार्यालय भएको नेपाल खेलकुद पत्रकार सङ्घको स्थापना भएको छ । नेपालका खेलकुद पत्रकारहरूको छाता सङ्गठनका रूपमा नेपाल खेलकुद पत्रकार सङ्घले विभिन्न कार्यक्रम, पैरवी अनि दिवसहरू खेलकुद पत्रकारहरूको अर्थपूर्ण सहभागितामा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर