Aamsanchar

पहिरो जान लागेको संकेत र बच्ने उपाय

Author Image
मङ्गलवार, असार २१, २०७९

काठमाडौं –मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम पनि सुरु भएको छ । बर्सेनि पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ भने ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ ।

त्यसैले पहिरोको जोखिम कम गर्न र यसबाट बच्न सरकारले आग्रह गर्दै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने र सचेत भए यसबाट बच्न सकिने जनाएको छ ।

पहिरो जानु अघि यसका पूर्व संकेतहरू हुने र यसबारे जानीराखे क्षति कम गर्न सकिने प्राधिकरणको भनाइ छ । प्रायः सुख्खा रहेको भिरालो जमिन पानी नपर्दै रसाउँछ र भुक्क फुल्छ । “जमीनमा चिरा परेको देखिनु, धाँजा फाट्नु र यो क्रम बढ्दै जानु, रुख, बिजुलिका खम्बा तथा घरहरू ढल्नु वा बाङ्गो देखिन्छ,” प्राधिकरणले भनेको छ, “जरुवा पानीको मुल सुक्नु तथा अस्वाभाविक रुपमा धमिलो हुनु अथवा नयाँ ठाउँबाट पानी पलाउन सुरु हुनु पहिरोका पूर्व संकेत हुन् ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर