Aamsanchar

बिजुलीकोटमा चट्याङ्ग लागेर दुई बालकको ज्यान गयाे,नौ जना घाइते

Author Image
मङ्गलवार, असार २१, २०७९

काठमाण्डाै – प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ्ग लागेर दुई बालकको ज्यान गएको छ ।

चट्याङ्ग लागेर घाइते भएका स्थानीय ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । चट्याङ्ग लागेर ऐरावती गाउँपालिका–६ का ५ जना र वडा नम्बर–१ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् ।

घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसवर्ष वैशाखयता ४३ जनाले चट्याङ्गका कारण ज्यान गुमाएका छन् ।

७५ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर