Aamsanchar

चट्याङ लागेर ७ बर्षीय बालकसहित २ जनाकाे मृत्यु

Author Image
बुधवार, असार २२, २०७९

बिराटनगर- उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साँढे ६ बजे उदयपुरको चौदण्डीगढी-५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा अचानक पानी सँगै परेको चट्याङले लागेर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोलुखुम्बु थुलुङ दुधकोशी-९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागी ७ बर्षीय सुजन तामाङको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर