Aamsanchar

भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती आलियालाई ठगीको आरोप

Author Image
बुधवार, असार २२, २०७९

एजेन्सी – भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती निर्माता आलिया सिद्दिकीलाई ठगीको आरोप लागेको छ ।

फिल्म ‘होली काउ’ को क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले सिद्दिकीकी श्रीमती तथा निर्माता आलिया सिद्दिकीमाथि ठगीको लगाएकी हुन् ।

निर्माता आलियाको फिल्म ‘होली काउ’ को रिलिज मिति हालै घोषणा गरिएको छ । चलचित्र अगस्ट २६ मा सिनेमाघरमा रिलिज हुँदैछ ।

भारतीय सञ्चार माध्यमका अनुसार आलियाले विगत साढे तीन वर्षदेखि मञ्जुको करिब ३३ लाख रुपैयाँ भुक्तानी नगरे पछि आलियाविरुद्ध मञ्जुले उजुरी गरेकी छन् ।

मञ्जुले उक्त विषयमा भनेकी छन्, ‘अहिले उज्जैन र अम्बोली प्रहरी चौकीमा उजुरी दर्ता छ । त्यहाँ आलियालाई आफ्नो पक्ष प्रस्तुत गर्न बोलाइएको छ । यदि प्रहरी आलियाको तर्कमा सन्तुष्ट भएन भने उनी विरुद्ध मुद्दा दर्ता गरिनेछ ।’

आलियाले मञ्जुको आमाबुवाबाट पैसा लिएकी र दुई सातापछि पछि सबै पैसा फिर्ता गर्ने बताएकी थिइन् । तर, आलियाले केही रकम फिर्ता गरेकी थिइन् भने ३३ लाख रुपैयाँ फिर्ता अहिले सम्म गरेकी छैनन् । ‘मसँगै फिल्मका क्रु सदस्यको पनि ७ लाख रुपैयाँ ऋण छ आलियाले लिएकी छन् । मसँग यी सबै कुराको प्रमाण छ ।’ मञ्जुले भनेकी छन् ।

उनले आलियाविरुद्ध मुम्बईको सिने अर्गनाइजेसन फेडरेसनमा मुद्दा पनि दर्ता भएको बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 370

प्रतिक्रिया (०)

सम्बन्धित खबर