Aamsanchar

आज एकै दिन १ सय १३ जनामा कोरोना सङ्क्रमण

Author Image
बुधवार, असार २२, २०७९

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार सात सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा चार सय ७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ९४ हजार ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर