Aamsanchar

हवाई भाडा फेरि बढ्याे, कहाँ पुग्न कति लाग्छ ? (सुचि सहित)

Author Image
बुधवार, असार २२, २०७९

काठमाण्डाै – आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पुर्‍याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले भाडा बढाएको हो । बढेको भाडा भोलि बिहीवारदेखि लागू हुनेछ ।

सबैभन्दा धेरै धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ । यस्तै नेपालगञ्जको १३ हजार नाै सय ८०, सुर्खेतको १४ हजार नाै सय ९५, भद्रपुरको १२ हजार नाै सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम सिमराको भाडा ४५ रुपैयाँले बढेर अधिकतम भाडा चार हजार दुई सय ५० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 332

प्रतिक्रिया (०)

सम्बन्धित खबर