Aamsanchar

१ नम्बर प्रदेश प्रहरी प्रमुखमा गिरीद्वारा पदभार ग्रहण

Author Image
बिहिवार, असार २३, २०७९

बिराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरी कार्यालयमा हाजिर भएर कार्यालयको पदभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय मानीनय (मन्त्रीस्तर) को यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई यस कार्यालयमा गिरीको पदस्थापना भएको हो ।  प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आजै कार्यभार सम्हालेका छन् ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका गिरीले यस अगाडि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सकेका छन् । बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरेका थिए ।

यसै गरी उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर