Aamsanchar

बिर्तामोडका १५ बर्षे किशोर वेपत्ता, खोजी गरिदिन परिवारद्वारा आग्रह

Author Image
बिहिवार, असार २३, २०७९

बिर्तामोड । झापा विर्तामोड–७ का एक किशोर वेपत्ता भएका छन् ।
गंगाप्रसाद शिवाकोटीको नाती १५ बर्षे विदान शिवाकोटी आज विहान ९ बजे टिउसन पढेर फर्किने क्रममा वेपत्ता भएको परिवारले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

गहुगोरो वर्णको, सेतो सर्ट, निलो पेन्ट लगाएको ५ फिट उचाई भएको लेडिज साईकल लिएर टिउसन पढन गएका किशोर वेपक्ता भएपछि उनको परिवारले प्रहरी र सबैमा खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनि कञ्चनजंघा बोडिङ स्कुल बिर्तामोडका विद्यार्थी हुन् । उनले चलाउने गरेको साईकल भने बुट्टाबारी चोकमा चावी नलाएको अबस्थामा फेला परेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर