

मोरङ- १ नं. प्रदेश प्रहरी कार्यालय आरआईटि समुहबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरी जिल्ला अदालत बुझाएको छ । पक्राउ पर्नेमा विराटनगर – ०५ का ५० बर्षीय भरौसी चौधरी रहेका छन् । चौधरीलाई सम्मानित जिल्ला अदालत मोरङको २०७८ चैत ३ गतेको फैसला आदेशले १ महिना कैद र ५ हजार जरिवाना तोकिएको थियो । अदालतबाट सजाय तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदै आएका चौधरीलाई खोजतलास गर्ने क्रममा गाऊँघरमानै लुकीछिपि बसेको अबस्थामा बिहिवार बिहान पक्राउ गरिएको थियो । पक्राउ परेका चौधरीलाई सम्मानित जिल्ला अदालतमा दाखिला गरिएकोमा तोकिएको कैद भुक्तानको लागी मोरङ जिल्ला कारागार पठाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 273