Aamsanchar

मोटरसाइकल पल्टिएर महोत्तरीमा १ जनाको मृत्यु

Author Image
शुक्रवार, असार २४, २०७९

महोत्तरी- जिल्लाको महोत्तरी गाउँपालिका-५, गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।  दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका-६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन्।गम्भीर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वरस्थित प्रादेशिक अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो। गम्भीर घाइते भएका ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको छ। मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको हो। मोटरसाइकलमा सवार २ जनामध्य चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर