Aamsanchar

बुढीगंगा नगरको मतगणना जारी

Author Image
शुक्रवार, असार २४, २०७९

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुरू गरिएको छ। बिहीबार सम्पन्न मतदानको मतगणना आज सुरु भएको हो।

यहाँ वैशाख ३० मा गरिएको चुनावमा धाँधली भएको भन्दै भएपछि पुनः निर्वाचन गरिएको थियो। पुनः मतदानमा कुल ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ। वैशाख ३० गतेको मतदानमा ७५ दशमलव ७८ प्रतिशत मत खसेको थियो। १३ हजार ६५९ कुल मतदाता रहेको बुढीगंगामा ९ हजार ११७ मत खसेको छ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार दुई टोली बनाएर मतगणना सुरु भएको र गणना जारी रहेको छ। वडा नम्बर १ र १० को मतगणना सुरू गरिएको उनले बताए। यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।

यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।

विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा बिहीबार पुनः मतदान भएको हो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर