Aamsanchar

जम्मु कश्मीरको अमरनाथमा आपत, १६ जनाको मृत्यु, ४० जना बेपत्ता

Author Image
शनिवार, असार २५, २०७९

भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् ।

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ अकस्मात आँधी र वर्षा सुरु भएको थियो । घाइतेहरुलाई अस्पताल पु¥याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर