Aamsanchar

मानब बेचबिखन मुद्धाका फरार प्रतिवादी पक्राउ

Author Image
शनिवार, असार २५, २०७९

विराटनगर- मानब बेचबिखन तथा ओसार-पसार मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेर  सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा  अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्लाको झुम्का कारागार पठाइएको छ ।

पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसार-पसार मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७६माघ२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं. ९४३७ मा क्रमशः ५ बर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर