Aamsanchar

पत्रकार राई रोटरी क्लव सुरुङ्गा बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत

Author Image
शनिवार, असार २५, २०७९

सुरुङ्गा ।   रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई पुरस्कृत गरेको छ । हेमकला टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार राई पुरस्कृत भएका हुन् । पुरस्कारको राशी १५ हजार रुपैयाँको रहेको छ ।

कनकाई नगरपालिकाका प्रेस क्लव अध्यक्ष राम निरौलाले आफ्ना बुवा टीकाराम र आमा हेमकला निरौलाको नाममा स्थापित पत्रकारिता पुरस्कारबाट राईलाई शनिवार ९आज० सुरुङ्गामा पुरस्कृत गरिएको हो । कार्यक्रममा पत्रकार राईका बिषयमा पुरस्कार दाताका तर्फबाट राम निरौलाले चर्चा गरेका थिए । रोटरी क्लब र रोटर्याक क्लबको पदहस्तान्तरण तथा सपथ ग्रहणका अवसरमा राईलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर