Aamsanchar

पाकिस्तानले नेपालमा हुनलागेकाे साफ च्याम्पियनसिप खेल्ने

Author Image
आइतवार, असार २६, २०७९

काठमाण्डाै – पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न लागेको हो ।

पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नेछ ।

साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले महिला साफ च्याम्पियनसिप खेल्नेछन् । महिला साफ च्याम्पियनसिप आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुनेछ ।

तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासङ्घ (पीएफएफ) लाई सन् २०२१ अप्रिल ५ गते फिफाले निलम्बन गरेको थियो ।

गएको जुलाई १ मा फिफाले पाकिस्तानमाथि लगाएको निलम्बन फुकुवा गरेपछि पाकिस्तानले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बाटो खुलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर