Aamsanchar

सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई राखेको गाँजा बरामद

Author Image
आइतवार, असार २६, २०७९

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका-६ सिसौली बाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ । आज बिहान ३ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागुऔषध गाँजा फेला पारेको हो ।

उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर