Aamsanchar

शीर्ष नेताहरूसँग चिनियाँ विदेश विभाग प्रमुखले भेटवार्ता गर्दै

Author Image
सोमवार, असार २७, २०७९

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज (सोमबार) प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

नेपालको चार दिने भ्रमणमा रहनुभएका प्रमुख लिउले आज (सोमबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अपराह्न ४ बजे खुमलटारस्थित दाहाल निवासमै पुगेर लिउले दाहाललाई भेट्ने बुझिएको छ । त्यस्तै सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम रहेको छ।

लिउ अहिले बिहान १० बजे सुन्दरीजलस्थित वीपी संग्रहालयको अवलोकनका लागि जानुहुने भएकाे छ । उहाँले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने छ । आइतबार नेपाल आईपुग्नु भएका लिउले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।

त्यस भन्दा पहिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर