Aamsanchar

बोका निल्दै गरेको अवस्थामा लोपोन्मुख अजिंगर फेला

Author Image
सोमवार, असार २७, २०७९

उदयपुर-उदयपुरको एक सामुदायिक वन क्षेत्रमा बोका निल्दै गरेको अवस्थामा लोपोन्मुख अजिंगर फेला परेको छ।

जिल्लाको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सगरमाथा सामुदायिक वन क्षेत्रमा आइतबार करिब १२ केजीको बोका निल्दै गरेको अवस्थामा अजिंगर फेला परेको हो।

वन क्षेत्रमा चर्दै गरेको बोकालाई अजिंगरले निल्दै गरेको अवश्थामा स्थानीय कृष्ण दाहालले देखेपछि इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खबर गरेका थिए।

उद्धारका लागि गएको प्रहरी टोलीले अजिंगरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिई बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए।

२० किलोग्रामभन्दा बढी तौल भएको अजिंगर अहिले वन कार्यालयको जिम्मामा रहेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले बताए।

अजिंगरलाई उसको प्राकृतिक बासस्थानमा लगेर छोडिने सहायक वन अधिकृत साहले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 474

प्रतिक्रिया (०)

सम्बन्धित खबर