Aamsanchar

कारको ठक्करबाट दाङमा पैदलयात्रीको मृत्यु

Author Image
सोमवार, असार २७, २०७९

दाङ – दाङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० जलौराचोकमा कारको ठक्करबाट सोही ठाउँका २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।चौधरीलाई आइतबार राति पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरेको बा०१-०२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला  प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको हो । चालक र गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 358

प्रतिक्रिया (०)

सम्बन्धित खबर