


चितवन – चितवनकाे भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा परि इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पुल्चोकबाट मुग्लिनका लागि छुटेकाे ना ५ ख ८४९७ नम्बरको ट्रकले ना २६ प ४८५१ नम्बरकाे स्कुटरलाई ठक्कर दिएको हो।


ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि रहेका गुरुङको उपचारका क्रममा ज्यान गएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 291