Aamsanchar

दाङको सिस्नेखोला किनारको नाङ्गो पाखामा बृक्षरोपण

Author Image
सोमवार, असार २७, २०७९

दाङ ।  दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सिस्नेखोलाको किनारा रहेको खाली जग्गा आज बृक्षरोपण गरिएको छ । बर्षौदेखि पराम्परागत खुल्ला चरिचरणको रुपमा रहेको नाङ्गो पाखामा आज आइतवार उपभोक्ताहरुले बृक्षारोपण गरेका हुन ।

स्थानीय बसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको नदी किनारमा रहेको जग्गामा दुइ सय बढि उपभोक्ताहरुले बिरुवा लगाएका हुन । उक्त बृक्षरोणको संरक्षणका लागि डिभिजन वन कार्यालय दाङले ५ सय ४५ मिटर काटेतारबार समेत गरिदिएको छ ।

करिव २० हेक्टर खाली वन क्षेत्रमा असना, हर्रो, बार्रो, अमला, सुगन्धकोकिला, बडहर प्रजातिका ३ हजार २ सय बिरुवा लगाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । बर्षौदेखि खेरा गइरहेको र भूक्षयको जोखिम समेत रहेको उक्त क्षेत्रमा संरक्षणमुखी बिरुवा रोपण गरी नमुना योग्य बन बनाउने योजनाका साथ कार्यक्रम थालिएको कार्यालयले जनाएको छ ।

बसन्तापुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन योगीको सभापतित्व एंव डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मुनाल घिमिरेको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहायक वन अधिकृत भक्तबहादुर चौधरी, अनन्त डाँगी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण सूचना अधिकारी खिमबहादुर केसीले गराउनु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर