Aamsanchar

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

Author Image
मङ्गलवार, असार २८, २०७९

काठमाडौं –रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु ४० प ५९८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीकै मर्चवारी गाउँपालिका १ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको हो ।

मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर