Aamsanchar

नक्सा पास नगरी आफूखुसी भवन निर्माण गरे ५ लाख रुपैयाँ जरिवाना

Author Image
मङ्गलवार, असार २८, २०७९

जोमसोम- मुस्ताङको घरपझोङ गाउँपालिकाले नक्सा पास नगरी आफूखुसी भवन निर्माण गरे ५ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ।

पालिकाले आर्थिक वर्ष २०७९/०८० देखि जोमसोम सदरमुकाम आसपासमा नक्सा पास गरेर भौतिक संरचना निर्माण गर्नुपर्ने र यदि मनोमानी ढंगले नक्सा पास नगरी संरचना निर्माण गरेको पाइएमा गाउँपालिकाले त्यस्ता भवन वा भवनको कुनै भाग भत्काउन आदेश दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। स्थानीय तह सञ्चालन ऐन २०७४  र घरपझोङ गाउँपालिकाको घर नक्सा सम्बन्धी मापदण्ड कार्यविधि २०७५ अनुसार गाउँपालिकाले सदरमुकाम जोमसोममा नक्सा पास अनिवार्य गराएको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए। घरपझोङले शहर उन्मुख गाउँपालिकालाई व्यवस्थित बनाउन यसप्रकार निर्णयलाई कडाइका साथ कार्यान्वयनमा लैजाने निर्णय गरेको प्रशासकीय अधिकृत आचार्यले बताए।

जोमसोम क्षेत्रमा नक्सा पास गरी कुनै भौतिक स‌ंरचना निमार्ण गरेको तर त्यो संरचना निर्माण मापदण्ड विपरित पाईएमा त्यस्ता घरधनीहरुलाई पालिकाले २ लाख रुपैयाँसम्म जरिवाना गर्नेछ।

गाउँपालिकाले नक्सा पास नगरी मनोमानी ढंगले संरचना निर्माण गरेमा त्यस्ता स‌ंरचनाहरूको आधिकारिता नहुने र सरकारी सेवा सुविधाबाट बञ्चित गराईने उल्लेख गरिएको छ।

गाउँपालिकाले निर्देशन गरेको नक्सा पास विपरित संरचना निर्माण गर्दा संम्भावित विपद् निम्त्याउन सक्ने र यसले प्राकृतिक विपद्को समय ठुलो क्षति पुर्‍याउन सक्ने सेवाग्राहीहरूलाई पत्र मार्फत सुझाएको छ।

घरपझोङले २०७५ सालदेखि कार्यान्वयनमा आएको घर नक्सा पास कार्यविधि कार्यान्वयनमा चुस्तता आउन नसकेपनि आर्थिक वर्ष २०७९/०८० देखि नक्सा पास गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयनमा लैजाने र कानुनबमोजिम कार्वाही गरिने जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर