Aamsanchar

पर्यटन तथा संस्कृति मन्त्रालयलद्वारा झापाका कल्पितसहित छ जना पुरस्कृत

Author Image
मङ्गलवार, असार २८, २०७९

बिर्तामोड । झापाका नाट्य विधाका श्रष्टा झापा नाटक घर निर्माण अभियन्ता माधव कल्पितसहित झापाका ६ जना र प्रदेश भरीबाट ३७ जनालाई प्रदेश १ पर्यटन तथा संस्कृति मन्त्रालयले सम्मान तथा पुरस्कृत गरेको छ ।

मन्त्रालयले आज (मंगलबार) विराटनगर स्थित आरोहण गुरुकुल हाटखोलामा आयोजित श्रष्टा सम्मान मार्यक्रम मार्फत विगत २५ बर्ष देखि नाट्यकर्मीको रुपमा क्रियाशिल रहदै आएका झापाली युवा कल्पितसहित सबैजनालाई कार्यक्रमका प्रमुख अतिथि एवम् मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मान तथा पुरस्कृत गरेका हुन् ।
सरकारले रंगकर्मी माधव कल्पितलाई प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान प्रदान गरेको छ । झापा नाटक घर निर्माणको अग्रसरता लिइरहेका कल्पित बहुमुखी प्रतिभाका धनी छन् ।

मन्त्रालयले गत बर्ष छनौट भएका १९ जना र यस बर्ष छनौट भएका १८ जनालाई एकै पटक पुस्कृत गरेको हो । जसमा झापाबाट सम्मनित हुनेहरुमा क्षितिज नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष समेत रहेका माधव कल्पितलाई सरकारले ५० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।
त्यस्तै झापाबाट नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट साहित्यकार खगेन्द्रा खुसी सम्मानित भएकी छन् । उनलाई २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ ।

भाषा, साहित्य, कला पुरस्कार तथा सम्मान प्रा.डा केआर खम्बु, लीला अनमोल, बिमला चिमरिया र भानुभक्त कुभिण्डेलीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । जीव वैज्ञानिक खम्बुको ‘छायाँको लस्कर’, ‘मेरो अनुसन्धान यात्रा’ लगायतका पुस्तक प्रकाशित छन् ।

अनमोलका ‘दुख्छ’ गजल संग्रह, ‘बाँसुरी’ कविता संग्रह लगायतका कृति प्रकाशित छन् भने चिमरिया नाट्य तथा काब्य दुवै विधामा सक्रिय स्रष्टा हुन् ।

गत बर्षको श्रष्ठा छनौट समितिको संयोजक खेम नेपाली रहेका थिए भने यस बर्षको संयोजक गणेश रसिक रहेका थिए ।

पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत तथा औचित्यमाथी प्रकाश प्रदेश सचिव ईश्वरकुमार गिरीले गरेका थिए । कार्यक्रमको संचालन शाखा अधिकृत गायात्रा श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर