Aamsanchar

‘आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कसैले भुल्नु’ नहुदैन्’ : मुख्यमन्त्री राई

भानु साहित्यीक पुरस्कार महाकवि प्रश्रितलाई

मेचीनगर ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कसैले भुल्न नहुने बताउनुभएको छ ।

झापाको मेचीनगरमा बुधबार २०९ औँ भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दैं मुख्यमन्त्री राईले नेपाली भाषा र साहित्यको आदिकवि आचार्यको निक्कै ठूलो योगदान रहेको चर्चा गदैं उहाँले भाषाको महत्वका बारेमा पशु र मान्छेलाई छुट्याउने पहिलो कुरा नै भाषा रहेको बताउनुभयो । पशुहरुले पनि बोल्छ भन्ने लाग्न सक्ला भन्दैं मुख्यमन्त्री राईले पशुहरुले संकेत मात्र गर्ने बताउनुभयो । पशुहरुको भाषा नहुने र संकेत मात्र गर्ने हो भन्नुभयो । भाषा र संकेतको बीचमा फरक रहेको भन्दैं उहाँले मानिसले बोलेको टिप्ने र त्यो चाँहि अनुकरणमात्र हुने उहाँको भनाई थियो ।

मानिस र पशुलाई छुट्टयाउने एउटा महत्वपूर्ण कुरा भाषा रहेको र त्यो भाषाले नै देश जातलाई पनि एक बनाउने उहाँको तर्क थियो । कुनै पनि समुदायको जात र नागरिकको देश हुन भाषा अनिवार्य हुने मुख्यमन्त्री राईको तर्क थियो । जातलाई राष्ट्र पनि भन्ने गरिएको राष्ट्रता र जातका ५ वटा आधारभूत विशेषता मानिने र एउटा महत्वपूर्ण विशेषता भाषा नै भएको उहाँको भनाई थियो ।

हरेक भाषाले हरेकलाई जोड्ने उहाँको भनाई छ । यस्तो भाषामा आदिकवि भानुभक्तले निक्कै योग्दान गरेका कारण हरेक वर्ष असार २९ गते उहाँको स्मरण गर्ने गरिएको उहाँको भनाई थियो ।

कार्यक्रममा यस वर्षको भानु साहित्यिक पुरस्कार साहित्यकार महाकवि मोदनाथ प्रश्रितलाई प्रदान गरिएको थियो । नगद एकलाख एकहजार रुपैयाँ र सम्मान पत्रसहितको पुरस्कार प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदान गर्नुभएको थियो ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको कार्यक्रममा बोल्दैं मुख्यमन्त्री राईले प्रश्रित एक कुशल राजनीतिज्ञ र बौद्घिक व्यक्तित्व रहेको चर्चा गर्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व प्रश्रितले हरेक नेपाली एक र हरेक जाति एक हुनुपर्ने धारणा राख्नुभयो र जातकै आधारमा कोहि पनि ठूलो सानो नहुने उहाँको तर्क थियो ।

यसैगरी पत्रकार जीएन शर्मालाई नगद २१ हजार रुपैयाँ राशीको पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यसैगरी जनही २१ हजार रुपैयाँ राशीको कृष्ण पवित्रा प्रतिष्ठान सम्मान साहित्यकार भानुभक्त कुभिण्डेली र मात्रिकाप्रसाद संग्रौलालाई प्रदान गरियो । हेमराज मेदनी पुरस्कार तथा सम्मान क्याप्टन गोपीलाल लिम्बु र शशीप्रसाद बजगाईँलाई प्रदान गरियो । पुरस्कारको राशी जनही २१ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो । सोहि अवसरमा साहित्यकार यज्ञराज प्रसाईको जीवनको अन्तराल निबन्ध संग्रह, भानुभक्त कुभिण्डेलीको महाकाव्य सच्चा सारथी र भानु साहित्यीक प्रतिष्ठानको कृतिहरु विमोचन गरिएको थियो । प्रसाईको कृतिको साहित्यकार पुण्य खरेल र कुभिण्डेलीको कृतिको हरिनारायण भट्टराईले समिक्षा गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरेले सञ्चालन र उपाध्यक्ष मोहनप्रकाश उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रममा राजन चिमरिया, केन्द्रप्रसाद भट्टराई र जय आचार्यले आ आफ्नो प्रस्तुती दिनुभएाके थियो । विहान प्रभातफेरिसहित कार्यक्रम साहित्यीक कार्यक्रममा परिणत भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 521

प्रतिक्रिया (०)

सम्बन्धित खबर