Aamsanchar

प्रचण्ड भोलि भारत भ्रमणमा जाने

Author Image
बिहिवार, असार ३०, २०७९

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक  राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।

उनको भ्रमण आकस्मिक नभएको सचिवलायले जनाएको छ। तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै अध्यक्ष भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ।

व्यक्तिगत भ्रमण भनिए पनि उनले भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्ने स्रोतको दाबी छ। यद्यपी उनले भारतमा गर्ने भेटघाटलाई गोप्य राखिएको छ।

प्रचण्डको केही समयदेखि भारतसँगको सम्बन्धमा तिक्तता आएको बताइन्छ। उनले भारतको सत्ताधारी पार्टीसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनर्स्थापना गर्न प्रयास गरिरहेका छन्।

नेपालका लागि भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा दुई पटक भेट गरेका छन्। सत्ताधारी पाँच दलमा दरार आइरहँदा प्रधानमन्त्री पत्नी आरजु देउवा भारत भ्रमणमा नै छन्। उनी चिनियाँ पाहुना आएकै दिन गत आइतवार भारततर्फ गएकी छन्।

आरजु भारतमा उपचारका लागि गएको भनिए पनि नेपालमा वाम एकतामा चीनको चासो बढ्दै गएपछि आरजुको  भारत भएकाे हाे। अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर