Aamsanchar

भारतबाट ल्याइँदै गरेको १०० बोरा मल प्रहरीद्वारा बरामद

Author Image
बिहिवार, असार ३०, २०७९

कञ्चनपुर – पुनर्वास नगरपालिका–१० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका ५० क्विन्टल (१०० बोरा) मल बरामद गरेको छ ।  बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले भन्सार छली ल्याएको मल बरामद गरेको हो ।

दोदा पुलस्थित जाँच गर्ने क्रममा मलखाद बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए। प्रहरीले से २ त २३७० नम्बरको ट्याक्टर समेत बरामद गरेको छ। भारतबाट ल्याएको मल कृष्णपुरतर्फ गइरहेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।   एक लाख ५० हजार मूल्य बराबरको मल कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 758

प्रतिक्रिया (०)

सम्बन्धित खबर