बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ ।
सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए ।
महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार सो टोलीले १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको थियो । यसको भाडा २५ लाख ६८ हजार रुपैयाँ उठेको छ । सोही दिन एक निजी कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग गरिएको थियो । यसको भाडावापत ३ लाख भुक्तानी दिइएको थियो । यसरी १ लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । श्रोत : अनलाइन खबर
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 52