Aamsanchar

वाग्मती नदीमा दुई जना बालकको शव फेला

Author Image
शुक्रवार, असार ३१, २०७९

रौतहट – रौतहटको वाग्मती नदीमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान भेटिएको हो ।

बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए । दुवै बालकको खोजी कार्यका लागि गोताखोरसहितका सुरक्षाकर्मीहरु परिचालन भए पनि बिहीबार फेला परेका थिएनन् ।खोजीकै क्रमममा हर्षकुमार झाको शव बिहीबार बिहान दुर्गाभगवती-५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं ३ पर्साटोलमा वाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।शव भेटिएपछि हाल मुचुल्कालगातयतका कामहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर