Aamsanchar

भन्सार छलेर ल्याउँदै गरेकाे ३० लाख बराबरको लत्ता कपडा बरामद

Author Image
शुक्रवार, असार ३१, २०७९

विराटनगर- सुनसरी देवानगन्ज गाउँपालिका वडा नम्बर ७ पक्की टोलबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडी सहित बरामद गरिएको छ ।

आज बिहान २ बजे १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (RIT) बाट खटिएको प्रहरी टोलीले को१ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

बरामद भएको लत्ता कपडा र गाडी कानुनि प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर