Aamsanchar

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

Author Image
शुक्रवार, असार ३१, २०७९

काठमाण्डाै – प्रतिनिधि सभाकाे उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस्की पुष्पा भुसाल निर्वाचित हुनुभएकाे छ ।

केहीबेर अघि भएकाे चुनावमा भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे हाे । भुसालकाे विपक्षमा ९३ मत खसेकाे थियाे । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए ।

भुसाललाई उपसभामुखमा चयन गरियाेस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईकाे प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गौतमले प्राप्त गर्नुभएको मत बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन थियो ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि याे पद अहिलेसम्म खाली रहेकाे थियाे । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर