Aamsanchar

झापाको बुद्धशान्तिमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाकाे घटनास्थलमै मृत्यु

Author Image
शनिवार, असार ३२, २०७९

झापा – झापाको बुद्धशान्ति गाउँपालिकामा ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालक घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ४ बजे बुद्धशान्ति वडा नं.५ शान्तिनगर गैरिगाँउस्थित खेतमा प्र.१–०१–००१ त ९३२५ न.को ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएर दुर्घट्ना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ.बस्ने २६ वर्षिय विकास कुमालको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक ३४ वर्षिय चन्द्रबहादुर कुमाल प्रहरीको नियन्त्रणमा रहेको र इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यस्तै शुक्रबार साँझ ५.३० बजे भद्रपुर वडा नं.३ बस्ने सितु सापकोटाका छोरा ११वर्षिय ईश्वर सापकोटाको देउनिया खोलामा डुबेर मृत्यु भएको छ । नुहाउन जाँदा खोलामा डुबी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय.पृथ्बीनगरबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्ने क्रममा खोलाको किनारमा बालक मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
Views: 570

प्रतिक्रिया (०)

सम्बन्धित खबर