Aamsanchar

गभर्नर अधिकारीलाई निलम्बन गर्न वाइसिएलकाे माग

Author Image
शनिवार, असार ३२, २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन गर्न माग गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाउँदै वाइसीिएलले गर्भनर निलम्बन गराउन दबाब दिएको हो।

वाइसिएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘राजनीतिक दलको सदस्यता, जिम्मेवारीमा रही साथै शैक्षिक योग्यतासमेत नपुगेका राष्ट्र बैंकका गभर्नर एम अधिकारी (महाप्रसाद अधिकारी) लाई तुरुन्त बर्खास्त गरी छानबिन गरियोस्।’

आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय रोक्न, संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिनु पर्नेलगायत ७ बुँदे मागसमेत प्रधानमन्त्रीसमक्ष राखेको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले कानुनविद्सँग परामर्श गरेर गभर्नरबारे निर्णय लिने आश्वासन दिएका छन्। त्यसाे त शुक्रबारको गठबन्धनको बैठकमा पनि प्रधानमन्त्रीले गभर्नरले राजीनामा दिनुपर्ने बताएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर