Aamsanchar

कारले ६ वटा गाडीलाई ठक्कर दियाे, चालक झापाका वली पक्राउ

Author Image
शनिवार, असार ३२, २०७९

कास्की – पोखरामा गएराति एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ । झापा घर भएका विनायक वलीले चलाएकाे कारले गएराति ६ वटा गाडीलाई ठक्कर दिएकाे हाे ।

लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेकाे बा १२ च ६३३९ नम्बरकाे कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो ।

कारले पार्किङमा रहेको ग १ ज ३८४३ नम्बरको ट्याक्सी, ग २१ प ७३८० स्कुटर, ग २० प ७१६१ नम्बरको स्कुटर, ग ९ प ७३८० नम्बरका मोटरसाइकल, ग ९ प ५०६ नम्बरको स्कुटर, ग ११ प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट कतिपय मोटरसाइकल र स्कुटरमा पूर्णरुपमा क्षति पुगेकाे कास्कीका प्रहरी निमित्त प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे। उहाँले घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे तथा कार चालक वली र कारलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयाे ।

कार गाडीलाई ठक्कर दिएर भागेको थियाे ।  लेकसाइडमै रहेको सीआईबीकाे टोलीले कार र चालक वलीलाई नियन्त्रणमा लिएकाे हाे । रातिको समय सडकमा मानिसहरु कम भएका कारण ठूलो क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
2
+1
2
+1
1
+1
4
+1
0
+1
3
Views: 4858

प्रतिक्रिया (०)

सम्बन्धित खबर