Aamsanchar

बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज

Author Image
शनिवार, असार ३२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा ‘बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज तेस्रो संस्करण’ सम्पन्न भएको छ । बिगतका संस्करणमा न्यून सहभागिता रहे पनि यस पटक बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज २०२२ मा १५ देखि ७० वर्ष उमेर समुहका ८६ जनाले सहभागिता जनाएका थिए। बिर्तामोड, झिल्झिले, बुद्धशान्ति , शनिश्चरे का राइडरहरुले ३७ किलो मिटरको दुरी पुरा गरेका थिए ।

बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज २०२२ का झापा संयोजक तथा प्याक एण्ड पेडलका संचालक आकाश श्रेष्ठका अनुसार बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज २०२२ आयोजना गरेर पाराएथलेटिक्स यमलाल रसाइलीको परिवारलाई सहयोग गर्न कोष सङ्कलन गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 559

प्रतिक्रिया (०)

सम्बन्धित खबर