![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2022/07/New-Project-31-1.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
सोलुखुम्बु – विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३ दशमलव ६२ प्रतिशतले पर्यटक आवागमन बढेको हो ।
निकुञ्जको तथ्याङ्क अनुसार आ.व.०७७/०७८ मा ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेको सगरमाथा क्षेत्रमा ०७८/०७९ मा २६ हजार ४ सय ७४ जनाले भ्रमण गरेका छन् । जुन सङ्ख्यात्मक हिसाबले २२ हजार १ सय ३९ जनाले बढी हो । जसमा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २ सय ७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
खुम्बु क्षेत्रमा वर्षको दुई समय असोजदेखि कार्तिक र फागुनदेखि वैशाखसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।
सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । यस निकुञ्ज सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अवस्थित छ ।
निकुञ्जको राजस्व सङ्कलन ७४ प्रतिशतले वृद्धि
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा ७४ प्रतिशतले वृद्धि भएको छ ।
गएकाे आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ७४ दशमलव ४३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको हो । आर्थिक वर्ष ०७७/०७८ मा १ करोड २१ लाख राजस्व सङ्कलन गरेको निकुञ्जले ०७८/०७९ मा ४ करोड ७३ लाख २८ हजार ९ सय ९९ दशमलव १४ रुपैयाँ सङ्कलन गर्न सफल भएको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयाे । उहाँका अनुसार ०७७/०७८ मा कोभिडका कारण सगरमाथा क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व सङ्कलन न्यून भएको थियो । तर ०७८/०७९ मा पर्यटन गतिविधि लयमा फर्किएकाले राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
निकुञ्जले पर्यटक प्रवेश शुल्क, गैरकाष्ठ वन पैदावर तथा हेलिकप्टर उडान तथा अवतरणबापत शुल्क लिने गरेका छन् । तेश्रो देशका विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार, सार्क देशका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १ सय रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रवेश शुल्क निकुञ्जले लिने गरेको छ ।
त्यसैगरी तेश्रो देशका विदेशी पर्यटकबाट प्रतिक्याम्प १ हजार ५ सय, सार्क देशका पर्यटकबाट १ हजार र नेपाली पर्यटकबाट ८ सय रुपैयाँ क्याम्प शुल्क लिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । हेलिकप्टर उडान तथा अवतरणबाट प्रतिपटक ३ हजार रुपैयाँका दरले अवतरण शुल्क लिने गरेको छ।