Aamsanchar

सेतीमा आज पानीको बहाव उल्लेख्य बढ्ने

Author Image
आइतवार, साउन १, २०७९

काठमाडौं- सेती नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार दमौलीस्थित सेतीमा बहाव उल्लेख्य बढ्नेछ ।

देशका अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

 आज दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

यही साउन ३ को रातिदेखि ५ गतेसम्म भने देशभरका नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही साना नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने भएकाले उक्त अवधिमा नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर