Aamsanchar

धनुषामा भारतीय गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यापारीको मृत्यु

Author Image
आइतवार, साउन १, २०७९

धनुषा- धनुषामा भएको सवारी दुर्घटनामा परेर एक व्यापारीको मृत्यु भएको छ । धनुषाको ढल्केबरमा भएको सवारी दुर्घटनामा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय कपडा व्यापारी शिवलाल यादवको मृत्यु भएको हो । शनिबार राति ढल्केवर–जनकपुर सडकखण्डमा जनकपुरबाट ढल्केबर तर्फ आउँदै गरेको बि आर ०१ ए आर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ढल्केबर प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकलको पछाडिबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बरको जीप पल्टिएर सवार मोटरसाइकलमाथि ठोक्किएको थियो । सो सवारी दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । दुर्घटनामा संलग्न जीप र त्यसका चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षीय मन्जयकुमार साहलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर