Aamsanchar

पूर्वी नेपालका लिम्बु समुदायले आज सिसेक्पा तङनाम मनाउँदै

Author Image
आइतवार, साउन १, २०७९

पाँचथर–पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायले आज सिसेक्पा तङनाम मनाउँदै छन् । सिसेक्पा भन्नाले साउन महिना र तङनाम भन्नाले पर्व भन्ने बुझिन्छ ।

साउने सङ्क्रान्तिलाई किराँती समुदाय (विशेष गरेर) लिम्बु समुदायले सिसेक्पा तङनाम भनेर मनाउने गर्दछन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।

सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गएर साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछ ।

दिउँसो हरियो बाबियोको डोरी बाटेर त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सिसेक्पा तङनाम पूर्वी जिल्लाहरु पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी र लिम्बु समुदायको बसोबास रहेको काठमाण्डौ उपत्यका साथै छिमेकी देश भारतको सिक्किममा पनि मनाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर