Aamsanchar

झापाका दुई छुट्टाछुट्टै स्थानबाट साढे ६ लाख भन्दा बढीको अवैध समान बरामद

Author Image
आइतवार, साउन १, २०७९

झापा – झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राति अन्दाजी साढे ६ लाख भन्दा बढीको अवैध समान बरामद भएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राति १० बजे झापाको मेचीनगर नगरपालिका-६ बाट नेपालबाट भारततर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राति साँढे १२ बजे भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको करिव २ लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ । यसरी अवैध रुपमा समान बराद भएसंगै आवश्यक कारवाहीको लागि मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर