Aamsanchar

बैङ्किङ कसुर मुद्धाका फरार प्रतिवादी विर्तामोडका ढुङ्गाना पक्राउ

Author Image
आइतवार, साउन १, २०७९

झापा ।  बैङ्किङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नं ६ का ४७ वर्षीय टेकनाथ ढुङ्गाना रहेका छन् ।

उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला बमोजिम बैङ्किङ कसुर मुद्धामा उनलाई १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 1103

प्रतिक्रिया (०)

सम्बन्धित खबर