Aamsanchar

खाजाघरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने इलामकी एक युवती पक्राउ

Author Image
सोमवार, साउन २, २०७९

काठमाडौं – खाजाघरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेकी छन् ।

काठमाडौंको टोखा नगरपालिका–९ बस्दै आएकी इलामको माई नगरपालिका–७ की २८ वर्षीया चिनीमाया लामा लिम्बूलाई गएको बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । लिम्बूले दुई बालिकालाई टोखा–९ स्थित खाजा होटेलमा जबरजस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले ग्राहकहरूसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ लिएर पीडितलाई वेश्यावृत्तिमा लगाएकी थिइन् । उनीहरूलाई बाहिर कसैलाई बताएमा ज्यान लिने डर, त्रासमा पारी बन्धनमा राखिएको थियो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले शक्ति समूहको सहयोगमा गएको जेठ १३ गते पीडितको उद्धार गरेको थियो ।

पक्राउ परेकी लिम्बूविरुद्ध पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 460

प्रतिक्रिया (०)

सम्बन्धित खबर