Aamsanchar

४६ वर्षपछि २८ घर परिवारले पाए लालपूर्जा

Author Image
सोमवार, साउन २, २०७९

धनकुटा –धनकुटाको साँगुरीगढी गाउँपालिका– ५ तुंखा र ओख्रेका २८ घर परिवारले ४६ वर्षपछि लालपूर्जा पाएका छन् । २०३३ सालमा नाप जाँचका क्रममा जमिनको स्वामित्व गाउँब्लकको नाममा परेपछि उनीहरु लालपूर्जाविहीन भएका थिए । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले  उनीहरुलाई लालपूर्जा वितरण गर्नुभएको हो ।

गैर सुकुम्बासीलाई भूमि प्रदान नगर्नेतर्फ सरकार सचेत रहेको भन्दै मन्त्री श्रेष्ठले कुनै प्रभाव र दवावबिना काम गर्न निर्देशन समेत दिनुभयो । धनकुटामा २०७७ सालदेखि पुनः नाप जाँच गरेर आफ्नो कार्यकालमा जग्गा नापीको सम्पूर्ण कार्य सम्पन्न भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 547

प्रतिक्रिया (०)

सम्बन्धित खबर