Aamsanchar

ताप्लेजुङको  मेरिङदेनमा आगलागी

Author Image
सोमवार, साउन २, २०७९

ताप्लेजुङ  — मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा सोमबार बिहान आगलागी हुँदा एक घर र मतान जलेको छ । स्थानीय दाबा शेर्पाको घर र मतान जलेर ध्वस्त भएको पासांकी शेर्पाले जानकारी दिइन् ।

शेर्पाका अनुसार बिहान करिब ३ बजेतिर आगलागी भएको थियो । घरमा सुतिरहेका तीन जना भाग्न सफल भएका थिए । पासांकीका अनुसार चाँडै थाहा पाएपछि उनीहरु भाग्न सकेका हुन् । आफ्नो हजुरबुबा, आमा र एक जना दाइ रहेको उनले बताइन् । आगलागीबाट घर र मतानभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडावर्तन लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

 

विद्युत सट भएर आगलागी भएको हुन सक्ने स्थानीयको अनुमान छ । दोभान इलाका प्रहरी कार्यालयबाट जाने प्रहरी टोलीले क्षतिको विवरण संकलन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर