Aamsanchar

नर्मदा नदीमा बस खस्यो, १२ जनाको मृत्यु, १५ को जिवितै उद्दार

Author Image
सोमवार, साउन २, २०७९

नयाँ दिल्ली : भारतको मध्य प्रदेशमा सोमबार बिहान बस दुर्घटना भएको छ । ५५ यात्रु बोकेको बस खरगोन र धार जिल्लाको सिमानामा पर्ने नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने १५ जनालाई जिवितै उद्दार गरिएको प्रहरीले  जनाएको छ।

यो बस इन्दौरबाट महाराष्ट्रको पुणे जाँदै थियो।  नदीबाट १२ जनाको शव निकालिएको र  १५ जनाको जिवितै उद्दार गरिएको एसपी खरगोन धर्मवीर सिंहलेे जानकारी दिएका छन्। पुलको रेलिङ भाँचिदा बस ढुंगामा बजारिदै नदीमा खसेको उद्दारमा खटिएकाहरुले बताएका छन्।

दुर्घटनाग्रस्त बसका पार्टपुर्जा छरपस्ट भएको र केही यात्रु पौडी खेलेर ज्यान बचाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।  घटनास्थलमा उद्धारकर्मीले बेपत्ताहरुको खोजी गरिरहेका  छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 668

प्रतिक्रिया (०)

सम्बन्धित खबर